June 22, 2024

एजेन्सी – एएस रोमाका प्रशिक्षक जोसे मोरिन्होलाई अर्को सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) को नयाँ प्रबन्धक बन्ने दाबी गरिएको छ। सन् २०२२-२३ को सिजनमा प्रशिक्षक क्रिस्टोफ गाल्टियर अपेक्षा अनुसारको नतिजा दिलाउन नसकेपछि पिएसजीले नयाँ प्रशिक्षक ल्याउन चाहेको छ।

पिएसजीको नजर एएस रोमाका प्रशिक्षक जोसे मोरिन्हो माथि रहेको छ। क्लब फुटबलमा मोरिन्होले हाँसिल गरेको सफलताले पिएसजीलाई लोभ्याएको छ र उनीहरु मोरिन्हो भित्र्याउन लागिपरिरहेका छन्। सबै ठीक गएको खण्डमा आउने समर ट्रान्सफर विन्डोमा मोरिन्हो फ्रान्स पुग्न सक्छन्। यधपी सबै उनीमा भर पर्नेछ।

यसैबीच मोरिन्होसँग कम गरिसकेका एक प्रशिक्षकले पिएसजीका लागि मोरिन्हो उत्कृष्ट हुन सक्ने दावी गरेका छन्। मोरिन्होसँग चेल्सी र रियल म्याड्रिडमा सहायक प्रशिक्षक रुपमा काम गरिसकेका जोसे मोराइसले पिएसजीका लागि मोरिन्हो उत्कृष्ट प्रशिक्षक हुन सक्ने दावी गरेका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा मोराइसले मोरिन्हो आदर्श प्रशिक्षक हुन सक्ने र च्याम्पियन्स लिग जित्ने पिएसजी मालिकहरुको सपना पूरा गर्न सक्ने बताए। उनका अनुसार पिएसजीको उत्कृष्ट टोलीलाई मोरिन्होले सहि मार्गदर्शन दिन सक्छन्।

“उनी पीएसजीका लागि आदर्श प्रशिक्षक हुनेछन्। मोरिन्होले च्याम्पियन्स लिग जिताएर पिएसजी मालिकहरूलाई उनीहरूले खोजिरहेका कुराहरू प्राप्त गर्न मद्दत गर्न सक्छन् भन्ने मलाई लाग्छ। पिएसजीसँग पहिला नै गुणस्तर छ र त्यहाँका खेलाडीहरुलाई उनले राम्रोसँग ह्यान्डल गर्न सक्छन्।”,मोराइसले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *