June 14, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले प्रतिद्वन्दी क्लब लिभरपुललाई झड्का दिने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार ट्रान्सफर मार्केटमा चेल्सीले लिभरपुललाई झड्का दिने भएको हो। लिभरपुलको नजर रहेका खेलाडी भित्र्याउने दौडमा अब चेल्सी पनि सामेल हुने विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

प्रिमियर लिग क्लब ब्राइटनका अर्जेन्टिनी स्टार एलेक्सिस म्याक एलिस्टरलाई लिभरपुलले समर ट्रान्सफर विन्डोमा मूख्य टार्गेट बनाउने योजना बनाइरहेको छ। एलिस्टर भित्र्याउनको लागि लिभरपुलले अहिले देखि नै तयारी सुरु गरिसकेको छ। एलिस्टरले ब्राइटन छाड्ने पक्का भैसकेको अवस्थामा लिभरपुल तयारी अवस्थामा बसेको छ।

तर अब उनलाई भित्र्याउन चेल्सी पनि इच्छुक देखिएको छ। चेल्सीले एलिस्टरलाई हाइज्याक गर्ने योजना बनाएको बेलायती मिडियाहरु बताउँछन्। पूर्व स्पर्स मालिक मौरिसियो पोचेटिनो एलिस्टरको प्रशंसक रहेको बताइएको छ र उनी एलिस्टरलाई चेल्सीमा देख्न चाहन्छन्।

पोचेटिनोको चासोकै कारण एलिस्टर माथि चेल्सीले नजर राखिरहेको स्पेनिस पत्रिका फिचाजेसले जनाएको छ। चेल्सी र लिभरपुलका अलावा एलिस्टरको म्यानचेस्टर युनाइटेडले पनि भित्र्याउन चाहेको छ। कतारमा सम्पन्न विश्वकपमा एलिस्टरको उच्च प्रदर्शन गरेका थिए। अर्जेन्टिना विश्व विजेता बन्दा उनको पनि महत्वपूर्ण भूमिका थियो। विश्वकप यता उनी माथि निरन्तर ठूला क्लबहरुको नजर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *