June 14, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उपाधिको दौड जटिल बनिरहेको अवस्थामा आर्सनलले सिजनका बाँकी तीन खेल जित्ने अनुमान गरेका छन्। एक पत्रकार सम्मेलनका क्रममा ग्वार्डिओलाले आर्सनलले बाँकी सबै खेल जित्ने दावी गरेका हुन्।

प्रिमियर लिगमा एभर्टनको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा ग्वार्डिओलाले आर्सनलले बाँकी तीन खेल मध्ये कुनै पनि खेलमा अंक नगुमाउने दावी गरे। ग्वार्डिओलाका अनुसार आर्सनलले अब कुनै पनि खेल हार्ने छैन।

“मलाई लाग्छ, निश्चित रूपमा, उनीहरूले आफ्ना तीन खेलहरू जित्ने छन्। इमानदारीपूर्वक भन्नुपर्दा म उनीहरूले अंक गुमाएको देख्न चाहन्छु। तर मलाई लाग्छ उनीहरूले नौ अंक पाउनेछन्।”,पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा ग्वार्डिओलाले भने। गार्डियोलाको सिटीले अप्रिल २६ मा आफ्ना उपाधि प्रतिद्वन्द्वीलाई ४-१ ले हराएर लिगको शीर्ष स्थानमा कब्जा जमाएको छ।

मिकेल अर्टेटाका खेलाडीले जनवरीमा ८ अंकको अग्रता लिएका थिए। तर पछिल्लो समय सिटीसँग भोगेको हार र निरन्तरको बराबरीले उनीहरुलाई दोस्रो स्थानमा सिमित गराएको छ। आर्सनलले सिटी भन्दा एक खेल बढी खेलेको छ। ३५ खेलमा २५ जित र ४ हार सहित उनीहरुले ८१ अंक बनाएका छन्।

एक खेल कम खेलेको सिटीले भने ३४ खेलमा २६ जित, ४ हार र ४ बराबरी सहित ८२ अंक बनाएको छ। सिटीले ४ खेल खेल्न बाँकी रहेको अवस्थामा आर्सनलले ३ खेल खेल्न बाँकी छ। सिटीले कुनै पनि एक खेलमा हार बेहोरेको खण्डमा आर्सनलले प्रिमियर लिगको उपाधि जित्ने अवसर पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *