June 14, 2024

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सानदार जित दर्ता गर्न सफल भएको छ। पिएसजीले शनिबार राति लिगको औं खेलमा सानदार जित निकाल्न सफल भएको हो। पिएसजीले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पिएसजीले १० खेलाडीमै समेटिन पुगेको एसी एजासियोलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्यो।

पिएसजीको जितमा किलियन एमबाप्पेले दुई तथा फावियन रुइज र अचरफ हाकिनीले समान एक-एक गोल गरे। पिएसजीले खेलभर बलमा राम्रो नियन्त्रण राख्दै खुलेर आक्रमण गरेको थियो। बलमा पिएसजीको ७३ प्रतिशत नियन्त्रण थियो। खेलभर पिएसजीको तर्फबाट कुल १६ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए र ५ प्रहार गोलमा परिणत भए।

यस्तै पाहुना टोलीको तर्फबाट भने मात्र ७ प्रहार भएका थिए। जसमध्ये २ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेन। खेलमा दुवै टोलीका खेलाडी रेडकार्ड खाँदै बाहिरिएका थिए। ७७औ मिनेटमा पिएसजी १० खेलाडीमा समेटिन पुगेको थियो।

अचरफ हाकिमी सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए। त्यसको केहि मिनेट लगत्तै पाहुना टोली पनि १० खेलाडीमा समेटिन पुग्यो। ८०औं मिनेटमा एजारियोका थोमस मनगानी पनि सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका हुन्।

यस जितसंगै पिएसजी फ्रेन्च लिगको उपाधि नजिक पुगेको छ। ३५ खेलबाट पिएसजीको ८१ अंक पुगेको छ। यस सिजन पिएसजीले ३५ खेल मध्ये २६ खेलमा जित निकालेको छ भने ६ खेलमा हार बेहोरेको छ। पिएसजीले अब च्याम्पियन बन्न मात्र एक खेल जिते पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *