June 22, 2024

एजेन्सी – केहि समय अगाडी अर्जेन्टिनी स्टार लियोनेल मेस्सी साउदी भ्रमणका लागि गएका थिए। सामाजिक संजालमा उनले तस्विर सार्वजनिक समेत गरेका थिए। तस्विर सार्वजनिक भएपछि पेरिस सेन्ट जर्मेन(पिएसजी)ले मेस्सी माथि कारवाही गर्यो।

क्लबको अनुमति बेगर साउदी गएको भन्दै पिएसजीले मेस्सी माथि अनुशासनको कारवाही गरेको हो। पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन पनि गर्यो। तर मेस्सीले त्यसको केहि दिनमै सार्वजनिक रुपमा माफी मागे। मेस्सीको सो माफी पिएसजीले स्वीकार गर्यो र उनी माथिको निलम्बन फुकुवा गरे।

कारवाहीमा परेपछि पहिलो पटक मेस्सी पिएसजीको खेलमा शनिबार राति सहभागी भए। तर सो खेल मेस्सीका लागि भने खासै सुखद रहेन। उनी माथि पिएसजी समर्थक खनिए। मेस्सी विरुद्ध पिएसजी समर्थकले हुटिङ गरेका थिए। मेस्सीसँग रुष्ट पिएसजी समर्थकहरुले मेस्सी विरुद्ध नाराबाजी गरेका थिए भने सिठ्ठी बजाएर विरोध जनाएक थिए। पिएसजी समर्थकले निरन्तर रूपमा मेस्सीको अपमान गरे।

शनिबार राति पिएसजीले घरेलु मैदानमा एसी एजासियो विरुद्ध सानदार जित निकाल्यो। पिएसजीले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पिएसजीले १० खेलाडीमै समेटिन पुगेको एसी एजासियोलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्न सफल भयो।

सो खेलमा मेस्सीले भने गोल गर्न सकेनन्। पिएसजीको जितमा किलियन एमबाप्पेले दुई तथा फावियन रुइज र अचरफ हाकिनीले समान एक-एक गोल गर्न सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *