June 25, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेका मिल्ने साथीलाई बिक्री गर्ने योजना बनाएको छ। विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीले आउने समर ट्रान्सफर विन्डोमा एम्बाप्पेका मिल्ने साथी अचराफ हाकिमीलाई बेच्ने योजना बनाएको हो।

पिएसजीका अधिकारीहरु हाकिमीको संगतले एमबाप्पेमा ‘हानिकारक प्रभाव’ परेको विश्वास गर्छन् भन्ने फ्रेन्च पत्रिका लेइक्विपले जनाएको छ। हाकिमीको संगतले एम्बाप्पे बिग्रिन सकने डरका कारण पिएसजीले हाकिमीलाई बिक्री गर्ने योजना बनाएको बताइन्छ।

हाकिमी सन् २०२१ मा पिएसजी आइपुगेका हुन्। पूर्व रियल म्याड्रिड स्टारलाई पिएसजीले इटालियन क्लब इन्टर मिलानबाट खरिद गरेर ल्यायेको थियो। त्यसबेला उनका लागि पिएसजीले ७० मिलियन युरो खर्च गरेको थियो। उनले आफ्नो पहिलो सिजनमा फ्रान्सेली दिग्गजहरूका लागि प्रतियोगिताहरूमा ४१ खेल खेलेका थिए।

त्यसक्रममा उनले चार गोल गरेका थिए भने ६ असिस्ट प्रदान गरेका थिए। उनले यस सिजन पिएसजीका लागि ३८ खेल खेलिसकेका छन् भने ५ गोल गर्दै ५ असिस्ट दिएका छन्। तर यस सिजन उनले दुई पटक रेड कार्ड पाइसकेका छन्। हाकिमीले दुई महिनाको अन्तरालमै दुई रेड कार्ड पाएका हुन्।

पिएसजी आए देखि नै हाकिमी र एम्बाप्पे नजिक भएका छन्। दुई मैदानमा मात्र नभई मैदान बाहिर पनि संगै देखिने गरेका छन्। दुई बिदाको समयमा घुम्न पनि सँगै गएको देख्न पाइन्छ। तर दुई बीचको मित्रतालाई लिएर पिएसजी भने सन्तुष्ट नरहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *