June 16, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोना सिजन नसकिँदै स्पेनिस ला लिगा च्याम्पियन बनेको छ। आइतबार राति भएको खेलमा जित निकालेसंगै बार्सिलोना च्याम्पियन बन्न सफल भएको हो। बार्सिलोनाले आइतबार राति क्याटलान प्रतिद्धन्द्धी स्पान्योललाई ४–२ ले पराजित गर्यो। बार्सिलोनाले चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन बनेको सफल भयो। बार्सिलोना अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्लब छाडेपछिकै पहिलो लालिगा उपाधि जितेको छ।

स्पान्योल विरुद्धको खेलमा बार्सिलोनाले बलमा राम्रो नियन्त्रण राखेको थियो। खेलभर बलमा बार्साको ७१ प्रतिशत नियन्त्रण थियो भने बार्सिलोनाको तर्फबाट कुल १५ प्रहार भएका थिए जसमध्ये ५ प्रहार टार्गेटमा थिए। त्यस्तै स्पान्योलले भने खेल भर १५ प्रहार गर्दा ७ प्रहार टार्गेटमा प्रहार अरेको थियो।

आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले सामना एक-एक गोल गरे। घरेउ टोलीका लागि भने जेभिएर पुएडो र जोसेलुले गोल गरेका थिए।

आइतबारको जितसंगै बार्सिलोनाले ३४ खेलमा २७ जित निकालेको छ। यस सिजन बार्सिलोनाले मात्र ३ खेलमा हार बेहोर्दा ८५ अंक बनाएको छ। दोस्रो स्थानको रियल म्याड्रिड बार्सिलोना भन्दा १४ अंकले पछि पारेको छ। दुवै टोलीले मात्र अब ४-४ खेल खेल्न बाँकी रहेको कारण बार्सिलोना च्याम्पियन बन्न सफल भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *