June 16, 2024

आइतबार राती आरसीडीई स्टेडियममा एस्प्यानियोल फ्यानहरूले मैदानमा आक्रमण गरेपछि एफसी बार्सिलोनाका खेलाडीहरूलाई सुरक्षाको लागि टनलबाट तल भाग्न बाध्य पारेको थियो।

बार्सिलोनाका खेलाडीहरूले आफ्नो कट्टर प्रतिद्वन्द्वीको मैदानमा ४-२ ले जित हात पारेको खेलमा २७ औं ला लिगा उपाधि जितेको उत्सव मनाइरहेका थिए। जसपछि जाभी हर्नान्डेजका खेलाडी र कर्मचारीहरूले हाफवे लाइनमा केन्द्र सर्कल नजिकै एकअर्काको हात समातेर नाचिरहेका थिए।

तर प्राय: घरेलु समर्थकका लागि यो सैह्य भएन। स्थानीय प्रसारक मोभीस्टार र ई.एस.पि.एनको शमूएल मार्सडेनले साझा गरेको एक भिडियोमा देखाइए अनुसार धेरै संख्यामा रहेका घरेलु समर्थक मैदानमा प्रवेश गरे र ब्लाउग्राना टोली माथि आक्रमण गर्ने प्रयास गरेका थिए।

यसले गर्दा बार्सिलोनाका खेलाडी सुरुङबाट तल सुरक्षाको लागि भाग्न बाध्य तुल्यायो र कारुसेल डेपोर्टिभोले रिपोर्ट गरे अनुसार केही मानिसले चेन्जिङ कोठामा पसेर “बार, कुर्सी, डण्डा र अन्य वस्तुहरू” ले आक्रमण गर्ने प्रयास गरेका थिए। मैदानमा रहेको कडा सुरक्षाले सुरुङको प्रवेशद्वार बन्द गर्न र दुर्घटना हुनबाट रोक्न सफल भयो।

तर मोभीस्टार द्वारा देखाइए अनुसार क्रोधित एस्प्यानियोल प्रशंसक र Mossos d’Esquadra भनेर चिनिने क्याटालान पुलिस बीच झडप जारी रह्यो।

हेरौं भिडियो:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *