June 22, 2024

एजेन्सी – गत वर्षको समर ट्रान्सफर विन्डोमा एफसी बार्सिलोना पुगेका रोबर्ट लेवान्डोस्कीले राम्रो अभियानको आनन्द उठाइरहेका छन्। ३४ वर्षीय सुपरस्टारले क्लबलाई ला लिगाको शीर्ष स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्। आइतबार राति बार्सिलोनाले क्याटलान प्रतिद्धन्द्धी स्पान्योलको सामना गर्यो।

सो खेलमा बार्सिलोनाले जित निकाल्दा लेवान्डोस्कीले पनि गोल गरे। आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। आइतबार दुई गोल गरेसंगै लालिगाको जारी सिजनमा लेवान्डोस्कीको गोल संख्या २१ पुगेको छ।

यससँगै लेवान्डोस्की लालिगाको जारी सिजनको शिर्ष गोलकर्ता बन्न तर्फ अगाडी बढेका छन्। लेवान्डोस्कीलाई रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले कडा टक्कर दिरहेका छन्। लालिगा गोलको मामलामा बेन्जेमा लेवान्डोस्की भन्दा मात्र ४ गोलले पछि छन्।

लेवान्डोस्कीले सिजनका ३० खेलमा २१ गोल गर्दा बेन्जेमाले २१ खेलमा १७ गोल गरेका छन्। बार्सिलोना र रियलले यस सिजन ३४-३४ खेल खेलेका छन्। दुवैले अब यस सिजन चार-चार खेल खेल्न बाँकि छ। सिजनका बाँकी चार खेलमा लेवान्डोस्कीलाई भेट्टाउन नै बेन्जेमाले चार गोल गर्न पर्नेछ।

स्पान्योल विरुद्ध २ गोल गरेपछि लेवान्डोस्कीले चार खेल बाँकी रहेको र आफू थप गोल गर्ने पक्षमा रहेको बताए। उनले भने,”अझै चार खेलहरू बाँकी छन्… मैले थप गोल गर्नैपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *