June 16, 2024

एजेन्सी – प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ। स्टार इजिप्टका फरवार्ड मोहम्मद सलाह चम्किएसंगै लिभरपुलले सोमबार राति सानदार जित निकाल्न सफल भएको हो। लिभरपुलले सोमबार राति रेलिगेसनको संघारमा रहेको लेस्टर सिटी विरुद्ध ३-० को जित निकल्न सफल भएको हो।

किङ पावर स्टेडियम लेस्टरमा लिभरपुलले बलमा राम्रो नियन्त्रण राखेर राम्रो आक्रमण गर्यो। लिभरपुलले खेलभर बलमा ६७ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर लिभरपुलले कुल १६ प्रहार गरेको थियो। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए भने तीन प्रहार गोलमा परिणत भए। घरेलु टोलीको तर्फबाट भने कुल ४ प्रहार भएका थिए। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए।

लिभरपुलको तर्फबाट भएका तीनै खेलमा मोहम्मद सलाहले असिस्ट दिएका थिए। लिभरपुलको सहज जितमा कर्टिस जोन्सले दुई तथा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले एक गोल गरेका थिए। लिभरपुलले पहिलो हाफमा दुई गोल तथा दोस्रो हाफमा एक गोल गरेको थियो। खेलको ३३औं मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलका लागि खाता खोलेका थिए।

लिभरपुलका लागि दोस्रो गोल पनि जोन्सले नै गरेका थिए। ३६औं मिनेटमा कर्टिस जोन्सले सलाहकै पासमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेका थिए। ७१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले गोल गर्दा लिभरपुलको जित सुनिश्चित गरेका थिए।

लेस्टर विरुद्ध गोल गरेसंगै लिभरपुलले ३६ खेलबाट ६५ अंक बनाएको छ। लिभरपुल एक खेल बढी खेलेको अवस्थामा तेस्रो स्थानको न्यू क्यासल र म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले पछाडी छ। पराजित लेस्टर भने रेलिगेसनमै रुम्म्लिएको छ। लेस्टर ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *