June 22, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर सर्जियो रामोसले एक वर्षको लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार रामोस पिएसजीसँगको सम्झौता एक वर्ष थप्ने सोचमा देखिएका हुन्।

ले पेरिसियनले रिपोर्ट गरे अनुसार ३७ वर्षीय डिफेन्डर अर्को सिजनको लागि पार्क डेस प्रिन्सेसमा रहन सहमत भएका छन् र छिट्टै फ्रान्सेली दिग्गजहरूसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्दैछन्। रामोस र पिएसजी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। सम्झौतामा अब केहि समय मात्रै बाँकी छ।

यस्तोमा दुई पक्ष बीच सम्झौता थपका लागि सहमति हुने उच्च सम्भावना रहेको रिपोर्ट गरिएको छ। रामोसले फलदायी सिजनको आनन्द उठाएका छन्। यस सिजन उनले ४२ खेल खेल्दा १२ खेलमा पिएसजीले क्लिनसिट राखेको छ। रामोसको नाममा चार गोलको योगदान पनि छ र उनको अनुभवले क्रिस्टोफ गाल्टियरको पक्षलाई लाभ दिएको छ।

अनुभवी डिफेन्डर सन् २०२१ को गर्मीमा पार्क डेस प्रिन्सेसमा नि: शुल्क स्थानान्तरणमा आइपुगेका थिए। रियल म्याड्रिडसँगको उनको सम्झौताको म्याद सकिएपछि पिएसजीले उनलाई फ्री ट्रान्सफरमा अभित्र्यएको थियो। पेरिसमा डेब्यु अभियानका क्रममा रामोसले चोटसँग संघर्ष गरेका थिए।

उनी ड्रेसिङ रुमका महत्वपूर्ण खेलाडी हुन्। रामोस पार्क डेस प्रिन्सेसमा जीवनको कठिन सुरुवातबाट फर्किएका छन् र गाल्टियरको पक्षमा मुख्य आधार बनेका छन्। अब उनलाई एक वर्षको म्याद थपिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *