June 25, 2024

एजेन्सी – प्रिमियर लिग लिभरपुलले शिर्ष चारको ढोकामै कुरेर बस्न पर्ने भएको छ। निरन्तर उच्च प्रदर्शन गर्दै पछिल्ला खेलहरुमा जित निकालेपनि लिभरपुलले शिर्ष चारमा प्रवेशका लागि अन्य दुई टोलीको हारको कामना गर्दै बस्न पर्ने अवस्था भएको हो।

लिभरपुलले पछिल्ला सात खेलमा निरन्तर जित निकालेको छ। अहिले लिभरपुल ३६ खेलमा १९ जित, ९ हार र ८ बराबरी सहित ६५ अंक बनाएर पाँचौं स्थानमा छ। लिभरपुल चौथो स्थानको म्यानचेस्टर युनाइटेड र न्यूक्यासल भन्दा एक अंकले पछाडी छ।

सिजनका ३५ खेल खेल्दा युनाइटेडले २० जित ९ हार र ६ बराबरी सहित ६६ अंक बनाएको छ। त्यस्तै न्यूक्यासलले पनि यस सिजन ३५ खेल खेलेको छ। न्यूक्यासलले १८ जित, ५ हार र १२ बराबरी सहित ६६ अंक बनाएको छ। लिभरपुल अहिले शिर्ष चारमा प्रवेश गर्नको लागि युनाइटेड र न्यूक्यासलको हार कुरिरहेको छ।

लिभरपुलले शिर्ष चारमा प्रवेश गर्ने सम्भावना जीवत राख्नको लागि बाँकी दुवै खेल जित्न पर्नेछ र न्यूक्यासल अथवा युनाइटेड मध्ये एकले एक खेल हार्नुपर्नेछ। बाँकी दुवै जित निकालेको खण्डमा युनाइटेडले एक खेल बराबरी खेल्ने हो भने पनि लिभरपुल शिर्ष चारमा प्रवेश गर्नेछ।

लिभरपुललाई शिर्ष चारमा प्रवेश गर्न दुई मध्ये एक टोलीको हार जसरी पनि चाहिनेछ। प्रिमियर लिगमा युनाइटेडले बोर्नमाउथ, चेल्सी र फुलहम विरुद्ध खेल्न बाँकी छ। त्यस्तै न्यूक्यासलले भने ब्राइटन, लेस्टर सिटी र चेल्सीको सामना गर्न बाँकी छ। त्यस्तै लिभरपुलले एस्टन भिल्ला र साउथह्याम्टनको सामना गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *