June 14, 2024

एजेन्सी – इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेजले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेस्सीलाई यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्न मद्दत गरेकोमा कृतज्ञता व्यक्त गरेका छन्। मंगलबार (मे १६) च्याम्पियन्स लिगको सेमिफाइनलमा एसी मिलान पराजित गर्न मार्टिनेजले इन्टरलाई मद्दत गरेका थिए। त्यसपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले मेस्सीलाई कृतज्ञता व्यक्त गरेका छन्।

नेराजुरीले सन् २००९–१० सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ । अन्तिम पटक फाइनलमा पुग्दा उनीहरूले जोसे मोरिन्होको नेतृत्वमा बायर्न म्युनिखलाई २-० ले हराएर ट्रफी जितेका थिए।

विजयी गोल गर्नुका साथै मार्टिनेजले मंगलबार इन्टरको कप्तानी गर्ने सम्मान पनि पाएका थिए । अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडीले यही कारणले जीवनभर खेल सम्झिरहने बताएका छन् । मार्टिनेजले अर्जेन्टिनालाई २०२२ फिफा विश्वकपमा महिमा दिलाएका मेस्सीबाट नेतृत्व सिकेको बताए।फरवार्डले पीएसजी सुपरस्टार र उनका अन्य सहकर्मीहरूलाई कठिन समयमा मद्दत गरेकोमा धन्यवाद समेत दिए।

“यो सिजन म मानसिक रूपमा धेरै परिपक्क भएको छु। मलाई टोलीका साथीहरू अगाडी बढ्न मद्दत गरे। मैले लियो मेस्सीबाट पनि धेरै कुरा सिक्ने मौका पाएँ। उनले मलाई सबै कुरामा मद्दत गरे। त्यो विश्वकपलाई आफ्नो काखमा बोक्नु विशेष थियो। मैले मेस्सीबाट नेतृत्वको बारेमा धेरै कुरा सिके। आज कप्तान हुनु विशेष थियो। आजको साँझ मेरो लागि जीवनभर रहनेछ।”,मार्टिनेजले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *