June 16, 2024

एजेन्सी – सेनेगलका स्टार फरवार्ड साडियो माने गत समर ट्रान्सफर विन्डोमा बायर्न म्युनिख पुगे। लिभरपुलमा लामो समय सम्म रहेर क्लब फुटबलमा जित्न सम्भव सबै उपाधि जितेसंगै माने बायर्न पुगेका हुन्। बायर्न पुग्दा उनी छुट्टै योजनामा थिए। तर त्यहाँ उनले सोचेको जस्तो भने हुन सकेन।

विश्वकपका क्रममा उनी घाइते भए र उनले केहि समय आराम गर्न पर्यो। चोटबाट फर्केपछि पनि उनको समय राम्रो गइरहेको छैन। बायर्नका सहकर्मीहरुसँग पनि उनको त्यति राम्रो सम्बन्ध छैन। केहि समय अगाडी उनी र साने बीच लफडा नै भएको थियो। त्यसयता बायर्नका खेलाडीहरुसँग मानेको सम्बन्ध त्यति राम्रो हुन नसकिरहेको बताइएको छ।

बायर्नले मानेलाई आउने ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजना बनाएको विभिन्न जर्मन मिडियाहरुले जनाएका छन्। बायर्नले मानेलाई आउने समर ट्रान्सफर विन्डोमा बिक्रीमा राख्ने लगभग पक्का भइसकेको बताइएको छ। मानेमा स्पेनिस क्लब रियल म्याड्रिडले चासो राखेको स्पेनिस मिडियाहरु बताउँछन्। उनीहरुका अनुसार रियलले मिल्दो मूल्यमा पाएको खण्डमा मानेलाई आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउन सक्नेछ।

Fichajes.net को अनुसार, लस ब्लान्कोस जिनेदिन जिदानको कार्यकालमा सेनेगाली स्टारलाई हस्ताक्षर गर्न इच्छुक थियो। यद्यपि, लिभरपुलले उनलाई ला लिगा दिग्गजहरूमा सामेल हुन अनुमति दिएन। अहिले आएर मानेलाई भित्र्याउने रियलको योजना सफल हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *