June 22, 2024

एजेन्सी – लियोनेल मेस्सी यस गर्मीमा पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट बाहिरिने बाटोमा छन् र उनी सँग-संगै बार्सिलोनाका पूर्व सहकर्मी नेयमार पनि पिएसजी छाडेर अन्यत्र जाने सक्छन्। तर मेस्सी र नेयमारको बाटो भने एउटै हुने छैन। मेस्सी र नेयमार अब छुट्टिनेछन्।

बार्सिलोनामा रहेर संगै केहि वर्ष खेलेका दुईले क्लब फुटबलमा जित्न सम्भव सबै उपाधि जितेका थिए। त्यसमा लालिगा र च्याम्पियन्स लिग उपाधि पनि छन्। बार्सिलोनामा केहि सिजन बिताएपनि नेयमार सन् २०१७ मा पिएसजी पुगे।

पिएसजी पुगेको केहि समयमै नेयमारले मेस्सीसँगको पुनर्मिलनका लागि बार्सिलोना फर्किने प्रयास समेत गरे। तर उनको बार्सिलोना फिर्ता हुने प्रयास सफल हुन नसकेपनि मेस्सीसँग पुनर्मिलन भने भयो। मेस्सी बार्सिलोनामा रहन नसकेपनि पिएसजी पुगे। जससंगै दुई बीच पुनर्मिलन भयो।

तर दुई मिलेर च्याम्पियन्स लिग जित्न भने सकेनन्। अब दुवै खेलाडी पिएसजी छाडेर अन्यत्र जाने सोचमा छन्। मेस्सी बार्सिलोना फिर्ता हुन चाहन्छन् र बार्सिलोना पनि उनलाई फिर्ता गर्ने योजनामा देखिएको छ। नेयमारले भने नयन गन्तव्यको खोजि गर्न पर्ने भएको छ। नेयमार लालिगा भन्दा पनि प्रिमियर लिग जान नजिक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *