June 16, 2024

एजेन्सी – प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई पराजित गरेसंगै सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा रियल म्याड्रिडसँग बराबरी खेलेपनि दोस्रो लेगमा भने सिटीले सानदार जित निकाल्यो।

साविक विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिड सिटीले बुधबार राति सानदार जित निकाल्न सफल भएको हो। सिटीले रियललाई ४-० को गोल अन्तरले पराजित गर्यो। सिटीले रियल विरुद्ध बलमा राम्रो नियन्त्रण राखेर आक्रमण गरेको थियो। खेलभर बलमा सिटीको ६० प्रतिशत नियन्त्रण थियो।

खेलभर सिटीले कुल १६ प्रहार गरेको थियो। जसमध्ये ८ प्रहार टार्गेटमा थिए। त्यसमध्ये ४ प्रहार गोलमा परिणत भएका थिए। रियलले भने खेलभर मात्रै ७ प्रहार गर्न सकेको थिए। जसमध्ये ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा अभाने परिणत हुन सकेनन्।

सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक एक गोल गर्न सफल भएका थिए। खेलभर भएका चार मध्ये दुई गोल पहिलो हाफमा तथा दोस्रो हाफमा दुई गोल भएका थिए।

यससंगै च्याम्पियन्स लिग फाइनलको समीकरण पूरा भएको छ। च्याम्पियन्स लिग उपाधिका लागि म्यानचेस्टर सिटी र इन्टर मिलान आमने-सामने हुने भएका छन्। इन्टर मिलान एसी मिलानलाई पराजित गरेर च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *