June 17, 2024

एजेन्सी – रियल म्याड्रिडले जुडे बेलिङ्घमलाई अनुबन्ध गर्न आवश्यक ट्रान्सफर शुल्कबारे छलफल गर्न बोरुसिया डर्टमण्डसँग छलफल गर्ने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार रियलले बेलिङ्घमको ट्रान्सफर शुल्क बारे छलफल गर्नको लागि डर्टमण्डसँग छिट्टै छलफल गर्ने भएको हो। दुई पक्ष बीच यहि साता छलफल हुन सक्ने विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

जर्मन मिडियाहरुका अनुसार रियल म्याड्रिड र डर्टमन्डले यस हप्ताको अन्त्यको लागि बैठक तय गरेको छन् र स्पेनिस क्लबले मुख्य वार्ताकार जोसे एन्जल सान्चेजलाई शुल्कको विषयमा छलफल गर्न जर्मनी पठाएको छ।

स्पोर्ट बिल्डले रिपोर्ट गरेको छ कि रियलले एक सय मिलियन युरो (£ 86.7m/$108.4m) थप बोनस प्रस्ताव गर्नेछ, तर डर्टमण्डले १ सय ५० मिलियन युरो (£ 130m/$162m) मा रियललाई मनाउन कोशिस गर्नेछ। रियलले प्रस्ताव गर्ने भन्दा धेरै उच्च रकम माग गर्ने डर्टमण्डको योजना रहेको बताइन्छ।

बेलिङ्घम र रियल बीच एक प्रकारको मौखिक सहमति भैसकेको छ। रियलले राखेको प्रस्तावमा बेलिङ्घमले सहमति जनाइसकेका छन्। उनी रियलको पारिश्रमिक प्रस्तावबाट सन्तुष्ट भैसकेको बताइएको छ र क्लब स्तरमा भने सहमति हुन बाँकी छ। बेलिङ्घम डर्टमन्डको सिजनको केन्द्रमा रहँदै आएका छन्।

यस सिजन उनले सबै प्रतियोगितामा १४ गोल गरेका छन् भने ७ असिस्ट प्रदान गरेका छन्। उनकै उच्च प्रदर्शनमा डर्टमण्ड यसपालि जर्मन लिग जित्ने दौडमा पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *