June 14, 2024

एजेन्सी – बुधबार राति स्पेनिस महारथी रियल म्याड्रिडलाई प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले मिठो हार चखायो। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियलसँग बराबरी खेलेको सिटीले दोस्रो लेगआ रियललाई लज्जास्पद हार चखाएको हो।

सिटीले आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा सानदार प्रदर्शन मात्र गरेन, रियललाई ध्वस्त नै पारिदियो। सिटीले रियल म्याड्रिड विरुद्ध बलमा उच्च नियन्त्रण राखेको थियो। खेलभर बलमा सिटीको ६० प्रतिशत नियन्त्रण थियो। खेलभर सिटीले कुल १६ प्रहार गरेको थियो। जसमध्ये ८ प्रहार टार्गेटमा थिए। त्यसमध्ये ४ प्रहार गोलमा परिणत भएका थिए।

उता रियलले भने बलमा मात्र ४० प्रतिशत नियन्त्रण राख्दा ७ प्रहार गर्न सफल भएको थियो। त्यसमध्ये ३ प्रहार टार्गेटमा भएपनि रियलले कुनै प्रहारलाई गोलमा परिणत गर्न सकेन। एक हिसाबले भन्ने हो भने रियलको आक्रमणपङ्ती सिटीको डिफेन्स अगाडी धेरै नै कम्जोर देखिएको थियो।

म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वेन रुनीले सेमिफाइनलको पहिलो लेग अगाडी दिएको अभिव्यक्ति एक हिसाबले साँचो हुन आएको छ। रुनीले सेमिफाइनलमा रियललाई सिटीले ध्वस्त पार्ने अभिव्यक्ति दिएका थिए। पहिलो लेगमा रियललाई सिटीले ध्वस्त पार्न नसकेपनि दोस्रो लेगमा भने रुनीले भने जस्तै खेल प्रदर्शन गर्न सिटी सफल भएको छ।

“म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडलाई हराउने मात्रै छैन, तर उनीहरूलाई नष्ट गर्न गइरहेको छ,” रुनीले टाइम्समा आफ्नो स्तम्भमा लेख्दै भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *