June 16, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले गत सिजन रियल म्याड्रिडसँग च्याम्पियन्स लिगमा भोगेको हार विष पिए जस्तै भएको बताएका छन्। च्याम्पियन्स लिगमा स्थान बनाएपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गार्डिओलाले गत सिजन रियलसँग हारेपछि विष पिए जस्तै पीडा भएको बताएका हुन्।

पहिलो लेगमा रियल म्याड्रिडसँग बराबरी खेलेको सिटीले दोस्रो लेगमा भने सानदार प्रदर्शन गर्यो। सिटीले बुधबार राति घरेलु मैदानमा रियल म्याड्रिडलाई ४-० को गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको हो। गत सिजन पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा रियलको सामना गरेको थियो।

घरेलु मैदानमा भएको पहिलो लेगमा ४-३ को गोल अन्तरले जित निकालेपनि सिटी दोस्रो लेगमा भने रियलसँग ३-१ को गोल अन्तरले पराजित हुन पुगेको थियो। तर सो हारको बदला सिटीले यस पटक लिन सफल भएको छ। खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गत वर्षको पीडा हटेको प्रतिक्रिया दिए।

“गत सिजन हामीले जुन पीडा भोगेका थियौं, त्यो विष पिए जस्तै थियो। म्याड्रिडमा बराबरी भएपछि म यस्तै नतिजाको सोचमा थिएँ। मैले यी अन्तिम दिनहरूमा महसुस गरेको थिएँ कि, हामीसँग यस प्रकारका खेलहरू खेल्नको लागि शान्त र तनावको मिश्रण हुनुपर्छ।”,गार्डिओलाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *