June 16, 2024

एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा ब्राजिलियन स्टार भिनिसियस जुनियरले उच्च प्रदर्शन गरेका थिए। उनले पटक-पटक म्यानचेस्टर सिटीका डिफेन्डरहरुलाई तनाव दिएका थिए। रियलको तर्फबाट भएको एक मात्र गोल पनि उनीबाट नै आएको थियो।

पहिलो लेगमा उच्च प्रदर्शन गरेका उनी दोस्रोलेगमा भने प्रभाव बिहिन बन्न पुगे। उनले सिटीका डिफेन्डरहरुलाई बिट गर्ने प्रयास गरेपनि उनी असफल भए। सिटीका डिफेन्डरहरुले भिनिसियसलाई नियन्त्रणमा राख्न सफल भएका थिए। भिनिसियसलाई विशेषतः सिटीका डिफेन्डर काइल वाकरले टक्कर दिएका थिए।

काइल वाकरले भिनिसियसलाई नियन्त्रणमा राखेको देख्दा आर्सनलका पूर्व स्टार थिएरी हेनरी छक्क परे। एक टेलिभिजन कार्यक्रममा क्रममा उनले काइल वाकरको खुलेर प्रशंसा नै गरे। उनले काइल वाकरलाई ‘बिस्ट’को संज्ञा दिए। वाकरलाई कुदाईको मामलामा धेरैले टक्कर दिन नसक्ने हेनरीको भनाई छ।

उनले बताएकी वाकरले धेरै खेलाडीहरुलाई आफ्नो गोजीमा राख्छन्। वाकरलाई बिट गर्न जो कोहिले नसक्ने हेनरीको भनाई छ। उनका अनुसार उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडीहरुलाई नियन्त्रणमा राख्ने गरेका कारण वाकरको प्रशंसा गरिनुपर्छ।

“वाकर एक बिस्ट हुन्। जब तपाइँले उनको साथमा दौडन पर्ने हुन्छ, तब दौडन सक्नु हुन्न। एक बिन्दुमा उनी भिनिसियसको पछाडि थिए, तर उनले भेट्टाई छाडे, बललाई नियन्त्रणमा लिए र ‘बाइ’ भने। यस्तो कुरामा वाकर धेरै अगाडी छन्। उनले वास्तवमा उत्कृष्ट खेलाडीहरू आफ्नो खल्तीमा राख्छन्।”,हेनरीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *