June 22, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले यस समर ट्रान्सफर विन्डोमा बोल्ड निर्णय गर्ने योजना बनाइरहेका छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)का समर्थकहरु आफू विरुद्ध खुलेर लागेसंगै नेयमारले बोल्ड निर्णय गर्ने सम्भावना बढेको हो।

केहि समय अगाडी पिएसजी समर्थकहरु नेयमारको घर अगाडी नै पुगेर नाराबाजी गरेका थिए। त्यसबेला पिएसजी समर्थकहरुले नेयमारलाई पिएसजी छाडेर जान चेतावनी दिएका थिए। खुट्टाको शल्यक्रिया पछि आराम गरिरहेका नेयमार माथि गरिएको सो व्यवहारलाई पक्कै पनि सामान्य मान्न सकिँदैन।

सो व्यवहार पछि नेयमारले युटर्न लिन सक्छन् र पिएसजी छाडेर अन्यत्र जान सक्छन्। नेयमारले केहि समय अगाडी आफू पिएसजीमा खुशी रहेको बताएपनि अब भने उनले युटर्न लिन सक्ने सम्भावना बढेको छ। ले पेरिसियनका अनुसार पिएसजी समर्थकको व्यवहार पछि नेयमारले नयाँ गन्तव्यको खोजि सुरु गरिसकेका छन्।

प्रिमियर लिग पक्षहरू म्यानचेस्टर युनाइटेड, चेल्सी र न्यूकासल नेयमार भित्र्याउन चाहन्छन्। नेयमारले विगतमा आफू प्रिमियर लिग खेल्ने प्रलोभनमा परेको स्वीकार गरेका थिए। बार्सिलोनामा हुँदा उनले म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल, लिभरपुलको आफू प्रशंसा गर्ने बताएका थिए।

““मलाई केहि प्रिमियर लिग क्लबहरुको खेल्ने शैली र टोली मन पर्छ। म म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल, लिभरपुलको प्रशंसा गर्छु। यी टोलीहरू ती टोली हुन् जो त्यहाँ सधैं लडिरहेका हुन्छन्।”,नेयमारले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *