June 22, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इतिहाँस बनाउने संघारमा पुगेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलम प्रवेश गरेसंगै सिटी इतिहाँस बनाउने संघारमा पुगेको हो। च्याम्पियन्स लिगको पहिलो लेगमा बराबरी खेलेको सिटीले रियललाई दोस्रो लेगमा गज्जबको हार चखायो।

सिटीले रियल विरुद्ध आफ्नो घरेलु मैदानमा बुधबार राति ४-० को सानदार जित निकालेको हो। अब सिटीले च्याम्पियन्स लिग उपाधिका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ। सिटीको हातमा अब तीन उपाधि रहेका छन्। सिटी पहिला देखि नै प्रिमियर लिग जित्ने दौडमा छ भने एफए कपको फाइनलमा पनि प्रवेश गरिसकेको छ।

प्रिमियर लिगको शिर्ष स्थानमा सिटीले चार अंकको अग्रता कायम गरेको छ। एक खेल कम खेल्दै सिटीले आर्सनल भन्दा चार अंक बढी बनाएको हो । प्रिमियर लिगमा सिटीले तीन खेल खेल्न बाँकि छ भने आर्सनलले मात्र दुई खेल खेल्न बाँकी छ। प्रिमियर लिग च्याम्पियन बन्न सिटीलाई मात्र एक जितको आवश्यकता छ। तीन मध्ये मात्र एक खेल जितेपनि सिटी प्रिमियर लिग च्याम्पियन बन्नेछ।

त्यस्तै एफए कपको फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। तीनै उपाधि सिटीको हातमा छन्। किनभने सिटी पछिल्लो समयमा उच्च लयमा छ भने उसको स्क्वाड डेफ्थ पनि राम्रो छ। सिटीले यस सिजन अब मात्र ५ खेल खेल्न बाँकी छ। यी सबै खेलमा सम्हालिएर खेल्ने हो भने सिटीले ट्रेबल जित्न सक्छ।

तीनै उपाधि जित्ने हो भने सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब बन्नेछ। यस भन्दा अगाडी सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो। त्यसपछि कुनै पनि टोलीले ट्रेबल जित्न सकेका छैनन्। तर सो अवसर सिटीसँग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *