June 16, 2024

एजेन्सी – फेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल म्याड्रिडका आक्रमणकारी रोड्रिगो गोजलाई भित्र्याउने चाहना राखेको खुलासा भएको छ। स्पेन तथा फ्रान्सबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले रोड्रिगोलाई भित्र्याउन चाहेको दावी गरेका हुन्।

ब्राजिलियन लस ब्लान्कोसको सबैभन्दा महत्त्वपूर्ण खेलाडीहरू मध्ये एक हुन् र स्पेनी दिग्गजहरूले उनलाई बिक्री गर्ने कम सम्भावना रहेको बताइएको छ। ब्राजिलियनले यस सिजन रियलका लागि कुल ५३ खेल खेलेका छन्। जसमा उनले १६ गोल गरेका छन् भने ११ असिस्ट दिएका छन्।

रोड्रिगोको रिलिज क्लज १ बिलियन युरो रहेको छ। तर पनि केहि गरी उनलाई भित्र्याउन सकिन्छ कि भनेर पिएसजीले प्रयास गर्ने योजना बनाएको बताइन्छ। रोड्रिगो सन् २०१९ मा रियल म्याड्रिडमा आवद्ध भएका थिए। उनले रियल आएदेखि कुल १ सय ५६ खेल खेलिसकेका छन्।

यस बीचमा उनले ३१ गोल गरेका छन् भने ३१ नै असिस्ट प्रदान गरेका छन्। उनले ठूला खेलहरूमा मुख्य खेलाडी भएर आफ्नो क्षमता प्रमाणित गरेका छन्। महत्वपूर्ण खेलहरुमा गोल गर्दै आफ्नो स्तर देखाइसकेको अवस्थामा रियलले उनलाई भविष्य भएको खेलाडीको रुपमा हेरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *