June 16, 2024

एजेन्सी – भारतीय महिला लिग (आईडब्ल्यूएल)मा नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले उच्च प्रदर्शनलाई कायमै राखेकी छन्। शुक्रबार उनी आवद्ध गोकुलम केरेला एफसीले इस्टर्न स्पोर्टिङ युनियनलाई सहजै पराजित गर्दा सावित्राले उच्च प्रदर्शन गरिन्।

शुक्रबार भएको खेलमा भएका सबै गोलमा सावित्राको भूमिका थियो। सावित्राले दुई गोल गर्दा अन्य दुई गोलमा पनि उनकै योगदान थियो। १–० ले पछि परेको खेल उल्टाउँदै गोकुलमले जित निकाल्न सफल भएको हो। कमला देवीले १६ औं मिनेटमा इस्टर्नका लागि गोल गर्दा गोकुलम पछि परेको थियो।

तर सावित्राले पेनाल्टी जितेपछि ३१ औं मिनेटमा इन्दुमतीले गोल गरिन् र खेल बराबरीमा पुग्यो। पेनाल्टी बक्समा सावित्रालाई विपक्षी खेलाडीले फाउल हालेपछि गोलकुलमले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा सावित्राले गोल गरेपछि गोकुलमले अग्रता पायो।

७० औं मिनेटमा सावित्राकै लामो क्रसमा इन्दुमतीले हेडमार्फत गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो। भिभियनको पासमा साविात्राले इन्ज्युरी समयको पाँचौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। सो गोलसंगै गुकुलम ४-१ को गोल अन्तरले विजयी भयो र फाइनलमा स्थान बनायो। बा गोकुलमले फाइनलमा पाली टोलीका अन्य दुई सदस्य सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *