June 14, 2024

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्लब छाडेको पहिलो सिजनमै जर्मन क्लब बायर्न म्युनिख बुन्डेसलिगा उपाधिबाट आउट हुने भएको छ। गत सिजनहरुमा जस्तो राम्रो प्रदर्शन गर्न नकसेसंगै बायर्न लेवान्डोस्कीले छाडेको पहिलो सिजनमै बुन्डेसलिगा उपाधि गुमाउने अवस्थामा पुगेको हो।

हालको अवस्थामा बायर्न लिगको दोस्रो स्थानमा रहेको छ। बायर्नले सिजनका ३३ खेल खेल्दा २० जित, ५ हार र ८ बराबरी सहित ६८ अंक बनाएको छ। बायर्न शिर्ष स्थानको बोरुसिया डर्टमण्ड भन्दा २ अंकले पछि परिसकेको छ। डर्टमण्डले भने यस सिजन ३३ खेलमा २२ खेलमा जित निकालेको छ भने ७ खेलमा हार बेहोरेको छ। डर्टमण्डको ७० अंक छ।

लिगको विजेताको टुंगो अन्तिम खेलबाट लाग्नेछ। अन्तिम बायर्नले कोल्न विरुद्ध खेल्नेछ भने डर्टमण्डले माइन्जसँग खेल्नेछ। यस खेलमा जित निकाल्न सकेको खण्डमा डर्टमण्ड च्याम्पियन बन्नेछ। अर्काे खेलमा बायर्न म्युनिखले कोल्नसँग अंक गुमाएको खण्डमा माइन्जसँग बराबरी खेलेपनि च्याम्पियन बन्न सक्नेछ।

डर्टमण्ड सन् २०११–१२को सिजन पछि च्याम्पियन बन्न सकेको छैन। त्यसयता निरन्तर बायर्नले नै बुन्डेसलिगा जित्दै आएको थियो। तर लामो समय पछि यस पटक भने बायर्नको हातबाट बुन्डेसलिगा गुम्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *