June 25, 2024

एजेन्सी – रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले ला लिगा रंगभेदीहरुको भएको आरोप लगाएका छन्। आइतबार भ्यालेन्सियाविरुद्धको खेल पश्चात भिनिसियसले ला लिगा रंगभेदीहरुको भएको आरोप लगाएका हुन्। भिनिसियसले सामाजिक संजाल मार्फत आफू माथि पटक पटक रंगभेदी व्यवहार हुँदा पनि लालिगाबाट कुनै कदम नचालिएको भन्दै दुख व्यक्त गरेका छन्।

सामाजिक संजाल मार्फत उनले कुनै एक समयमा लालिगा रोनाल्डिन्हो, रोनाल्डो, क्रिस्टियानो र मेस्सीहरुको भएपनि अहिले लालिगा रंगभेदीहरुको भएको टिप्पणी गरेका छन्। ला लिगामा रंगभेदी व्यवहार सामान्य भइसकेको भिनिसियसको भनाई छ।

यो च्याम्पियनसिप कुनैबेला रोनाल्डिन्हो, रोनाल्डो, क्रिस्टियानो र मेस्सीको हुने गर्थ्यो, तर अहिले रंगभेदीहरुको भएको छ। यो पहिलो पटक होइन, न त दोस्रो न त तेस्रो नै । ला लिगामा रंगभेद सामान्य भइसकेको छ। फेडेरेसनले पनि यसलाई सामान्य मानिरहेको छ। विपक्षीहरूले यसलाई प्रोत्साहन गर्छन्”,भिनिसियसले सामाजिक संजालमा लेखेका छन्।

आइतबार राति रियलले भ्यालेन्सियाको सामना गरेको थियो। सो खेलमा रियल पराजित हुन पुगेको थियो। खेलका क्रममा विभिन्न पटक तनावको स्थिति शिर्जना भएको थियो। डिएको लोपेजले खेलको ३३ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको खेलमा भिनिसियसलाई लक्षित गरेर रंगभेदी नारा लागेको थियो।

२२ वर्षीय जुनियरलाई ह्युगो डुरोसँगको विवादपछि ९७ औं मिनेटमा रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइएको थियो। खेलका क्रममा भिनिसियसले आफू माथि भएको रंगभेदी नारालाई लिएर रेफ्रीलाई पनि रिपोर्ट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *