June 25, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा कम्याक गरेको छ। सिजनको ३७ औं खेलमा जित निकाल्दै युनाइटेडले च्याम्पियन्स लिगमा आफ्नो स्थान बनाउन सफल भएको हो। युनाइटेडले बिहिबार राति चेल्सी विरुद्ध सानदार जित निकाल्यो।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले चेल्सीलाई ४-१ को गोल अन्तरले पराजित गर्न सफल भएको हो। चेल्सी विरुद्ध बलमा कम नियन्त्रण राखेपनि युनाइटेडले राम्रो आक्रमण गर्दै चेल्सीलाई सहजै पाखा लगाउन सफल भयो।

खेलभर चेल्सीले बलमा ५९ प्रतिशत नियन्त्रण राख्दा युनाइटेडले बलमा अमात्र ४१ प्रतिशत नियन्त्रण राखेको थियो। तर खेलभर युनाइटेडको तर्फबाट कुल १८ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए। चेल्सीको तर्फबाट भने खेलभर १४ प्रहार भएका थिए। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए।

युनाइटेडको तर्फबाट कासेमिरो, एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेज र मार्कुस रोसफोर्डले गोल गर्दा चेल्सीको तर्फबाट एक मात्र गोल जोआओ फेलिक्सले गरेका थिए। खेलभर भएका पाँच गोल मध्ये दुई गोल पहिलो हाफ तथा तीन गोल दोस्रो हाफमा भएका थिए।

यस जितसंगै युनाइटेड तेस्रो स्थानमा उक्लिएको छ। युनाइटेडले सिजनका ३७ खेलमा २२ जित, ९ हार र ६ बराबरी सहित ७२ अंक बनाएको छ। सिजनको मात्र एक खेल खेल्न बाँकी रहेको अवस्थामा युनाइटेड चौंथो स्थानको न्यूक्यासल भन्दा २ अंकले अगाडी छ भने दोस्रो स्थानको आर्सनल भन्दा ९ अंकले पछि रहेको छ। पराजित चेल्सी भने ४३ अंक सहित १२ औं स्थानमा सिमित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *