June 16, 2024

एजेन्सी – फुटबल विश्लेषक खालिद अल-शेनेफले साउदी प्रो लिग क्लब अल-हिलालले समर ट्रान्सफर विन्डोमा एक साथ तीन चर्चित खेलाडी अनुबन्ध गर्ने दावी गरेका छन्। एक मिडियासँगको कुराकानीका क्रममा अल-शेनेफले आगामी समर ट्रान्सफर विन्डोमा अल हिलालले लियोनेल मेस्सी, एन्जेल डी मारिया र सर्जियो बुस्केट्सलाई अनुबन्ध गर्ने दावी गरेका हुन्।

अल-शेनेफका अनुसार अल हिलाल मेस्सीलाई मात्र नभई मेस्सीका दुई पूर्व सहकर्मी डी मारिया र बुस्केट्सलाई पनि अनुबन्ध गर्न आउने समर ट्रान्सफर विन्डोमा सफल हुनेछ। सन् २०२२-२३ को सिजन सकिँदै गरेको अवस्थामा अल-शेनेफको यस्तो दावी बाहिर आएको हो। उनले एक टेलिभिजन कार्यक्रमका क्रममा भनेका छन्,”मेस्सी अल-हिलाल आउँदैछन्, डि मारिया र बुस्केट्सको साथमा।”

मेस्सी र पिएसजी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। मेस्सी बार्सिलोना फर्किने चर्चा पनि गरिन्छ। तर आर्थिक रुपमा मेस्सीको बार्सिलोना फिर्ती धेरै हद सम्म असम्भव जस्तै देखिन थालेको छ। यति त्यस्तो भएको खण्डमा उनी साउदी जान सक्नेछन्।

त्यस्तै डी मारिया पनि यस सिजनको अन्त्य पछि फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। यसको अर्थ उनले पनि नयाँ क्लब खोज्न पर्नेछ र मेस्सी साउदी गएको खण्डमा डी मारिया पनि साउदी जान सक्नेछन्। त्यस्तै बुस्केट्सले पनि बार्सिलोना छाड्ने घोषणा गरिसकेका छन्। मेस्सीको साउदी अरेबियामा आगमनले क्रिस्टियानो रोनाल्डोसँगको उनको प्रतिष्पर्धा पुनः अगाडी बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *