June 17, 2024

एजेन्सी – समरको ब्लकबस्टर ट्रान्सफरका लागि म्यानचेस्टर युनाइटेड पेरिस सेन्ट जर्मेन (पीएसजी) फरवार्ड नेयमारसँग जोडिएको छ। पिएसजीले आउने समर ट्रान्सफर विन्डोमा नेयमारलाई बिक्रीमा राखेको खण्डमा युनाइटेडले किन्ने योजना बनाएको विभिन्न खेल मिडियाहरु दावी गरिरहेका छन्।

पार्क डेस प्रिन्सेसमा कठिन स्पेलको बीचमा ब्राजिलियनले समर ट्रान्सफर विन्डोमा पिएसजी छोड्ने सम्भावना देखिन्छ। ३१ वर्षीय नेयमारले यस सिजनका २९ खेलमा १८ गोल र १७ असिस्ट प्रदान गरेका छन्। बार्सिलोनाका पूर्व आक्रमणकर्तालाई फिटनेसको समस्याले फेरी सताएको छ र उनको लागि यस सिजन सकिसकेको छ।

बाहिर आएका रिपोर्टहरु अनुसार पिएसजी ब्राजिलियनको चोट समस्याबाट निराश भएको छ। पिएसजी नेयमारलाई लोनमा अन्यत्र पठाउने भन्दा पनि फुल ट्रान्सफरमा नेयमारबाट छुटकारा पाउने योजना बनाएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

यसैबीच स्थानान्तरण विशेषज्ञ फाब्रिजियो रोमानोले नेयमार भित्र्याउन युनाइटेड पिएसजीसँग सम्पर्कमा नरहेको खुलासा गरेका छन्। ट्रान्सफर बजारको राम्रो जानकारी राख्ने रोमानोले युनाइटेड नेयमारको ट्रान्सफरसँग नजोडिएको खुलासा गरेका हुन्।

“साथीहरू, म्यानचेस्टर युनाइटेडले यो अफवाहलाई कडाइका साथ अस्वीकार गरेको छ। म्यानचेस्टर युनाइटेडले गोप्य रूपमा उल्लेख गरेको छ कि उनीहरूको योजना एकदम स्पष्ट छ – उनीहरू नेमार जूनियरका लागि वार्ता गरिरहेका छैनन्।”,रोमानोले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *