June 17, 2024

एजेन्सी – साउदी प्रो लिग यस साताको अन्त्यमा अर्को राउन्ड म्याचहरूको साथ कार्यमा फर्किएको छ। शनिबार प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा महत्त्वपूर्ण भिडन्तमा अल इत्तिफाक र क्रिस्टियानो रोनाल्डोको अल नासर आमने-सामने हुन लागेका हुन्।

अल इत्तिफाक हाल साउदी प्रो लिग स्ट्यान्डिङमा १० औं स्थानमा छ र यो सिजन अहिलेसम्म आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। आयोजकहरू आफ्नो अघिल्लो खेलमा अल फतेहको हातमा ४-० ले पराजित भएका थिए। सिजनका २८ खेल खेल्दा इत्तिफाकले ९ खेलमा जित निकाल्दा १३ खेमा पराजय भोगेको छ।

त्यस्तै अल नासर अहिले लिग तालिकामा दोस्रो स्थानमा छ र साउदी प्रो लिग उपाधिका लागि प्रतिष्पर्धा गरिरहेको छ। अल नासर पछिल्लो समय खासै राम्रो लयमा नरहेपनि साउदी प्रो लिग जित्ने झिनो सम्भावनालाई पछ्याइरहेको छ। अवे साइडले यस हप्ता अल शबाबलाई ३-२ को गोल अन्तरले पराजित गरेको थियो।

अल नासरको अल इत्तिफाक विरुद्धको प्रभावशाली रेकर्ड छ र दुई टोलीबीच खेलेका अन्तिम ३६ खेलमध्ये १७ मा अल नासरले जित हासिल गरेको छ। जबकी इत्तिफाकले भने अहिले सम्म मात्र ९ पटक अल नासर विरुद्ध जित निकालेको छ। अल नासर हाल साउदी प्रो लिगको स्ट्यान्डिङमा अल इत्तिहादभन्दा तीन अंक पछाडि छ तर आफ्नो नाममा ५९ गोल गर्दै प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट टोली बनेको छ ।

क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा हालसम्म १४ गोल गरेका छन् र यो हप्ता अल शबाबविरुद्ध विजयी गोल पनि गरेका थिए। आजको खेल रोनाल्डोका लागि एक अवसर हुन सक्छ। उनले साउदी प्रो लिगको आफ्नो गोलसंख्या बढाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *