June 14, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने पेरिस सेन्ट जर्मेने(पिएसजी)ले युवा स्टार किलियन एम्बाप्पेलाई साथ दिने खेलाडीको रुपमा ब्राजिलियन स्टार रोबर्टो फर्मिनोलाई भित्र्याउने योजना बनाएको छ। पिएसजी रोबर्टो फर्मिनोलाई किलियन एम्बाप्पेको साझेदार बनाउन खोजिरहेको हो।

Foot01 को रिपोर्ट अनुसार, PSG यस गर्मीमा आफ्नो आक्रमणलाई बलियो बनाउन स्ट्राइकर थप्न इच्छुक छ। पिएसजीको सूचीमा भिक्टर ओसिमहेन र कोलो मुआनी थिए, तर पिएसजीले दुवै खेलाडीहरूलाई धेरै महँगो भएको निष्कर्ष निकाल्दै सित्तैमा उपलब्ध हुने फर्मिनोलाई भित्र्याउने योजना बनाएको बताइन्छ।

लिभरपुल र फर्मिनो बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ र सम्झौता थप नहुनेमा दुवै पक्ष स्पष्ट रहेका छन्। क्लबले फर्मिनोलाई बिदाई समेत गरिसकेको छ। उनले क्लब छाड्ने पक्का भैसकेको अवस्थामा उनी सित्तैमा उपलब्ध हुनेछन्।

अझै पनि राम्रो फुटबल खेल्न सक्ने फर्मिनोई पिएसजीले भित्र्याउन खोजेको छ। सो दौडमा युरोपका अन्य क्लबहरु पनि रहेका छन्। उनलाई लालिगा क्लबहरुले पनि भित्र्याउन प्रयास गरिरहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *