June 14, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनललाई क्लबका युवा स्टार अन्सु फाती अफर गरेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार बार्सिलोनाले आर्सनललाई फाती अफर गरेको हो। आउने समर ट्रान्सफर विन्डोमा जुनै पनि हालतमा फातीलाई बिक्री गर्ने योजना बनाएको बार्सिलोनाले आर्सनललाई फाती भित्र्याउने अवसर दिएको बताइएको छ।

फातीलाई एक पटक क्याटालान क्लबमा लियोनेल मेस्सीको उत्तराधिकारीको रूपमा हेरिएको थियो। उनले क्लब लिजेन्डको प्रस्थान पछि प्रतिष्ठित नम्बर १०को जर्सी पनि प्राप्त गरका थिए। तर चोट र फर्ममा कारण उनले अपेक्षा गरिएजस्तो प्रदर्शन नै गर्न सकेनन्। फातीले यस सिजनमा जाभिको पक्षबाट ४९ खेल खेलिसकेकी छिन्।

तर त्यसमध्ये अधिकांश खेलहरुमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका छन्। उनले ४९ खेल मध्ये १३ खेलमा मात्रै सुरुवात गर्न पाएका छन्। उनले यस सिजनमा सात गोल गरेका छन् र चारवटा असिस्ट प्रदान गरेका छन्।

द इन्डिपेन्डेन्टका अनुसार, बार्सिलोनाले फातीलाई जुनै पनि हालतमा बिक्री गर्ने योजना बनाएको छ। आर्सनल फातीका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने चर्चा सुरु भएको छ। आर्सनलले अर्को सिजन UEFA च्याम्पियन्स लिग खेल्नेछ। यस्तोमा आर्सनलले आगामी सिजनका लागि थप खेलाडी भित्र्याउन सक्छ।

स्पेनियार्डले बार्सिलोनासँग २०२७ सम्मका लागि सम्झौता गरेका छन्। उनको अनुमानित बजार मूल्य ३५ मिलियन युरो रहेको छ। तर बार्सा फातीलाई ९० मिलियन युरो भन्दा कम मूल्यमा बिक्री गर्ने मुडमा देखिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *