June 14, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) को सम्भावित प्रबन्धक सूचीमा लुइस एनरिकेको नाम थपिएको बताइएको छ। नयाँ सिजनका लागि नयाँ प्रशिक्षक खोजि गरिरहेको पिएसजीले एनरिकेलाई सम्भावित प्रशिक्षकको सूचीमा राखेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। स्पेनियार्ड क्लबका अध्यक्ष नासेर अल-खेलाफीको व्यक्तिगत छनौट रहेको खबर बाहिर आएको छ।

एल नेसिओनलको रिपोर्ट अनुसार, एनरिके अब पेरिस सेन्ट-जर्मेनको अर्को प्रबन्धक बन्ने दौडमा छन्। यस सिजनको सुरुमा बार्सिलोनाका पूर्व प्रबन्धक चेल्सीसँग वार्तामा थिए तर उनी छिट्टै दौडबाट बाहिरिएका थिए। एट्लेटिको म्याड्रिडले पनि स्पेनियार्डमा चासो राखेको थियो। तर अब उनले डिएगो सिमोनीको स्थान लिन सक्ने चाचा सेलाएको छ।

पेरिस सेन्ट जर्मेन अब स्पेनका पूर्व प्रशिक्षक भित्र्याउन चासो देखाएको छ। डिसेम्बर २०२२ मा फिफा विश्वकपबाट १६ राउण्डबाट बाहिरिएपछि उनले स्पेनको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। क्रिस्टोफ गाल्टियरलाई क्लबले नियुक्त गरेको एक वर्षपछि पीएसजीले प्रतिस्थापन गर्न खोजिरहेको छ।

पिएसजी फ्रेन्च प्रशिक्षकसँग सन्तुष्ट छैन। पिएसजीले गाल्टियरको नेतृत्वमा लिग वानको उपाधि जित्ने उच्च सम्भावना छ। तर च्याम्पियन्स लिग असफलताका कारण उनीहरुले गाल्टियरलाई क्लबबाट हटाउने योजना बनाएका छन्। यस सिजनको अन्त्यसंगै पिएसजी गाल्टियरसँग छुट्टिने लगभग पक्का छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *