June 16, 2024

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई उछिनेका छन्। फ्रेन्च लिग वान अन्तरगत शनिबार राति स्टार्सवर्ग विरुद्धको खेलमा गोल गरेसँगै मेस्सीले रोनाल्डोलाई उछिनेका हुन्।

फ्रेन्च लिग वान अन्तरगत शनिबार राति स्टार्सवर्गसँगको खेलमा मेस्सीले गोल गर्दै पिएसजीको उद्धार गरेका थिए। ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए। सो गोलसंगै मेस्सीले रोनाल्डोलाई उछिने र युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बने।

स्टार्सवर्ग विरुद्ध गरेको गोल मेस्सीको करियरको ४९६औं लिग गोल थियो। गत महिना उपाधिका प्रतिद्वन्द्वी लेन्सविरुद्ध गोल गर्दा मेस्सीले रोनाल्डोसँग बराबरी गरेका थिए र शनिबार राति गोल गरेसंगै सो रेकर्ड मेस्सीले आफ्नो नाम गराए।

मेस्सीले लिगमा हालसम्म ५७५ खेलमा ४७ हजार ३९ सेकेन्ड मैदानमा बिताएका छन्। यस बीचमा उनले ४ सय ९६ गोल गरेका छन् भने २ सय ४७ असिस्ट दिएका छन्। उता रोनाल्डोले भने ६२६ खेलमा ५१ हजार ६९ सेकेन्ड मैदानमा बिताएका छन्। उनले ४ सय ९५ गोल गर्दै १ सय ५१ असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *