June 16, 2024

एजेन्सी – फ्रेन्च भेट्रान स्टार करिम बेन्जेमा र स्पेनिस महारथी रियल म्याड्रिड बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। तर अहिले सम्म पनि सम्झौता थपको टुंगो लाग्न सकिरहेको छैन। बेन्जेमा रियलमै रहन्छन् कि अन्यत्र लाग्छन् भन्ने कुरा अन्योलमै छ।

बेन्जेमाको भविष्य अन्योलमै रहेका बेला उनी रियल छाड्ने पक्षमा रहेको दावी बाहिर आएको छ। विभिन्न स्पेनिस मिडिया तथा स्पेनिस पत्रकारहरुले बेन्जेमा रियल छाडेर अन्यत्र जान सक्ने सम्भावना प्रवल बन्दै गइरहेको दावी गरेका हुन्।

पत्रकार जोस फेलिक्स डियाजका अनुसार बेन्जेमा बहिर्गमनको बाटोमा छन्। बेन्जेमाले रियलसँगको सम्झौता थप नगर्ने र नयाँ गन्तव्यको खोजि गर्ने पत्रकार जोस फेलिक्स डियाजको दावी छ। बेन्जेमा रियल छाडेर साउदी अरेबिया जान सक्ने बताइएको छ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी पुगेपछि साउदी क्लबहरु थप युरोपेली स्टार भित्र्याउन खोजिरहेका छन्। साउदीका केहि क्लब बेन्जेमा भित्र्याउन प्रयास गरिरहेको खबर गएको केहि दिन देखि आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *