June 25, 2024

एजेन्सी – रियल म्याड्रिडका फ्रेन्च स्टार करिम बेन्जेमा भित्र्याउने दौडमा साउदी अरेबियन क्लबको इन्ट्री भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार बेन्जेमा भित्र्याउन साउदी अरेबियन क्लब अल इत्तिहादको इन्ट्री भएको हो।

साउदी प्रो लिग च्याम्पियन अल इत्तिहाद बेन्जेमा भित्र्याउन इच्छुक देखिएको र बेन्जेमालाई उच्च पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको साउदी तथा युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले जनाएका छन्। खबरका अनुसार अल इत्तिहाद बेन्जेमालाई २ वर्षे सम्झौताका लागि ४ सय मिलियन युरो पारिश्रमिक दिन तयार छ।

अल इत्तिहादले प्रस्ताव गरेको पारिश्रमिक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अल नासरले दिँदै आएको पारिश्रमिक बराबर नै हो। अल नासरले रोनाल्डोलाई पनि २ सय मिलियन युरो आसपास पारिश्रमिक दिँदै आएको बताइन्छ।

३५ वर्षीय बेन्जेमाले गत सिजन स्पेनमा रहनको लागि एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए। उनी र रियल बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। बेन्जेमा र रियल बीच सम्झौता थप हुन बाँकी रहेकै अवस्थामा अल इत्तिहादको इन्ट्रीले बेन्जेमाको भविष्यले थप चर्चा पाएको छ।

रिपोर्टहरूमा भनिएको छ कि फ्रान्सेलीले सुरुमा अल-इतिहादको प्रस्तावलाई अस्वीकार गरेका थिए। तर अल इत्तिहादले पारिश्रमिक बढाएपछि भने उनले त्यस सम्बन्धमा पुनः सोच्ने अवस्था बनेको छ। अब बेन्जेमाले सो प्रस्तावको सम्बन्धमा सोच बिचार गर्न सक्छन्। बेन्जेमा सन् २००९ मा ओलम्पिक लियोनबाट रियल म्याड्रिडमा आवद्ध भएका थिए र त्यसपछि उनले ६४७ खेलमा ३५३ गोल र १६५ असिस्ट प्रदान गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *