June 22, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई फिर्ता लैजान चाहेको छ। क्लबका अधिकारीहरुले सार्वजनिक रुपमै आफूहरु मेस्सीको फिर्तीका लागि आतूर रहेको बताइरहेका छन्। यसको अर्थ बार्सिलोना फिर्ती मेस्सीको हातमा छ।

बार्सिलोना फिर्ता हुने नहुने कुरा मेस्सीमै निर्भर रहनेछ। मेस्सीले अन्यत्रबाट आएका अफरहरुलाई रिजेक्ट गरेर बार्सिलोना फिर्ता हुन सक्छन्। त्यसो गर्ने कि नगर्ने भन्ने कुरा अब मेस्सीमा भर पर्नेछ। मेस्सीले त्यसको निर्णय छिट्टै गर्न सक्छन्।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले समेत मेस्सी आफ्नो योजनामा हुने स्पष्ट पारिसकेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा जाभीले आफ्नो भविष्य बारे मेस्सीले आगामी साता निर्णय लिने बताए। उनका अनुसार बार्सिलोना मेस्सीलाई स्वागत गर्न तयार छ।

“लियो मेस्सीले अर्को हप्ता आफ्नो भविष्यको निर्णय गर्नेछन्। म शतप्रतिशत मेस्सीको फिर्ति चाहन्छु। उनलाई पनि थाहा छ कि हामी उनको फिर्तिका लागि तयार छौँ। केहि परिवर्तन भएको छैन, हामीसँग सम्भावनाहरू छन्। हामी लियोलाई यहाँ चाहन्छौं। म उनलाई म्रो प्रणालीमा समावेश गर्न तयार छु”,जाभीले भने।

मेस्सीले पिएसजी छाड्ने तय भैसकेको छ। पिएसजीका अधिकारीहरुले नै मेस्सीले पिएसजी छाड्ने स्पष्ट पारिसकेका छन्। पिएसजीका प्रशिक्षकले अब मेस्सीले पिएसजीका लागि अन्तिम खेल खेल्ने बताइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *