June 22, 2024

एजेन्सी – फ्रेन्च स्टार करिम बेन्जेमाले रियल म्याड्रिड नछाड्ने भएका छन्। छिट्टै सम्झौता सकिँदै गरेको भएपनि बेन्जेमाले म्याड्रिड नछाड्ने भएका हुन्। हालसालै एक कार्यक्रमका क्रममा पत्रकारहरुसँग बोल्दै बेन्जेमाले आफू रियलमै रहने स्पष्ट पारे।

रियल र बेन्जेमा बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। तर अहिले सम्म पनि दुई पक्ष बीच नयाँ सम्झौताका लागि सहमति जुटेको छैन। क्लबले कम पारिश्रमिक अफर गरेसंगै बेन्जेमाले सम्झौता थपको प्रस्ताव अस्विकार गरेको बताइन्छ।

बेन्जेमाको नाम पछिल्लो समय साउदी अरेबियन क्लब अल इत्तिहादसँग जोडिएको छ। साउदी प्रो लिग च्याम्पियनले बेन्जेमालाई उच्च पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको विभिन्न खेल मिडियाहरु बताउँछन्। अल इत्तिहाद बेन्जेमालाई अल नासरले क्रिस्टियानो रोनाल्डोलाई दिँदै आएको भन्दा थोरै कम पारिश्रमिक दिन तयार छन् भन्ने विभिन्न खेल मिडियाहरुको दावी छ।

तर बेन्जेमा भने रियलमै रहने पक्षमा रहेको बुझिएको छ। MARCA Leyenda पुरस्कार प्राप्त गरेपछि बेन्जेमाले आफू रियलमै रहने पक्षमा रहेको स्पष्ट पारे। रियल छाडेर साउदी जाने चर्चाहरुलाई बेन्जेमाले सिधै खारेज गरे र इन्टरनेटबाट आएका खबरहरुलाई वास्तविक मान्न नसकिने स्पष्ट पारे।

“म अहिले यहाँ छु र म यहाँ हुँदा अरु कुरा किन गर्ने ? जे खबर आएका छन् इन्टरनेटमा आएका छन्। इन्टरनेटमा जे आउँछन्, ती वास्तविकता हुँदैनन्।”,बेन्जेमाले अवार्ड कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *