June 14, 2024

एजेन्सी – स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले पनि पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने भएका छन्। रामोसले पिएसजी आएको दुई वर्ष पछि यस सिजनको अन्त्यमा पिएसजी छाड्ने भएका हुन्। रामोस आफैंले सामाजिक संजाल मार्फत पिएसजी छाड्ने घोषणा गरेका छन्।

पिएसजीका लागि अन्तिम खेल खेल्नु अगाडी रामोसले पिएसजीबाट छुट्टिने घोषणा गरेका हुन्। सामाजिक संजाल मार्फत रामोसले जीवनको अर्को चरणलाई बिदाई गर्न आफू तयार रहेको बताएका छन्। रामोसले शुक्रबार राति मात्रै पिएसजी छाड्ने घोषणा गरेका हुन्।

“भोलि एक विशेष दिन हो, भोलि म मेरो जीवनको अर्को चरणलाई बिदाइ गर्छु, पिएसजीबाट छुट्टिदैछु।”,रामोसले सामाजिक संजाल मार्फत भनेका छन्। ३७ वर्षीया रामोसले पिएसजी आएको पहिलो सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेपनि यस सिजन भने राम्रो प्रदर्शन गर्न सफल भएका थिए।

रामोसले पिएसजीका लागि अहिले सम्म कुल ५७ खेल खेलेका छन्। पिएसजीमा रहेर उनले दुई पटक फ्रेन्च लिग वानको उपाधि जितिसकेका छन्। रामोस सन् २०२१ मा पिएसजी आइपुगेका थिए। रियल म्याड्रिडसँगको सम्झौता सकिएसंगै रामोस पिएसजी पुगेका हुन्।

उनीसंगै लियोनेल मेस्सी पनि सन् २०२१ मै पिएसजी पुगेका थिए। उनले पनि पिएसजी छाड्ने पक्का भैसकेको छ। संगै आएका मेस्सी र रामोसले पिएसजी संगै छाड्ने भएका छन्। पिएसजीले मेस्सीले क्लब छाड्ने पुष्टि गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *