June 25, 2024

एजेन्सी – रियल मड्रिडले करिम बेन्जेमाको सम्भावित स्थानमा एट्लेटिको मड्रिडका लोन लिने जोआओ फेलिक्सलाई हेरिरहेको बताइएको छ। स्पेनबाट प्रकाशित हुने विभिन्न मिडियाहरुका अनुसार रियलले बेन्जेमाको स्थानमा फेलिक्सलाई भित्र्याउने योजना बनाएको हो।

स्पेनिस मिडिया Fichajes.net का अनुसार बेन्जेमाको अनिश्चित भविष्यलाई ध्यानमा राख्दै रियलले पोर्चुगल अन्तर्राष्ट्रियलाई सन् २०२३-२४को सिजनको लागि भित्र्याउने योजना बनाएको छ। रियल र बेन्जेमा बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ । तर पनि दुई पक्ष बीच अहिले सम्म सम्झौता थपका विषयमा सहमति हुन सकेको छैन।

फ्रान्सेली फरवार्डलाई साउदी अरेबियाको एक क्लबबाट आकर्षक प्रस्ताव आएको छ। साउदी क्लब अल इत्तिहादले बेन्जेमालाई १ सय ५० मिलियन युरो भन्दा बढी पारिश्रमिक सहितको प्रस्ताव अफर गरेको बताइन्छ। यस्तोमा बेन्जेमा अर्को सिजन लस ब्लान्कोससँग रहने वा नरहने भन्ने स्पष्ट छैन।

त्यहि कारणले गर्दा रियलले बेन्जेमाको स्थान लिन सक्ने खेलाडीको खोजि गरिरहेको छ र रियलको नजर फेलिक्समा परेको छ। फेलिक्स गत जनवरी ट्रान्सफर विन्डोमा चेल्सी पुगेका थिए। उनी लोनमा चेल्सी पुगेका हुन्। चेल्सीले चाहेको भए फेलिक्सलाई राख्न सक्थ्यो।

तर चेल्सीले फेलिक्सलाई खरिद गरेर क्लबमा नराख्ने निर्णय गरिसकेको छ। यस्तोमा फेलिक्स एट्लेटिको फिर्ता हुन पर्नेछ। एट्लेटिकोले फेलिक्सलाई आउने समर ट्रान्सफर विन्डोमा बिक्रीमा राख्न सक्ने उच्च सम्भावना छ। एट्लेटिकोले फेलिक्सलाई सन् २०१९ मा पोर्चुगिज क्लब बेन्फिकाबाट उच्च मूल्य तिरेर खरिद गरेको थियो। त्यसबेला एट्लेटिकोको १ सय २६ मिलियन युरो खर्च भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *