June 22, 2024

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी यति बेला ट्रेबल जित्ने अभियानमा छ। एफए कपको फाइनलमा सिटीले आज राति शहर प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। एफए कप उपाधिका लागि सिटी र युनाइटेड आज राति वेम्बली स्टेडियममा आमने-सामने हुन लागेका हुन्।

च्याम्पियन्स लिगको फाइनलमा समेत रहेको सिटी एफए कप जित्दै ट्रेबल जित्ने सपना जीवित राख्न चाहन्छ भने युनाइटेड सिटीको सो सपना तोड्ने योजनामा हुनेछ। युनाइटेड मात्र त्यो इंग्लिस टोलीको जसले ट्रेबल जितेको छ। युनाइटेड भन्दा बाहेक कुनै पनि टोलीले ट्रेबल जित्न सक्नेको इतिहाँस छैन। तर सिटीसँग यसपालि सो अवसर छ।

विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिताको फाइनलमा भिड्दा दुवै टोली सिजनको दोस्रो उपाधि जित्ने दाउमा पनि हुनेछ। सिटी प्रिमियर लिग च्याम्पियन हो भने युनाइटेड कराबाओ कप च्याम्पियन हो। कुनै पनि ठूलो प्रतियोगिताको फाइनलमा सिटी र युनाइटेड आमने-सामने हुन लागेको यो पहिलो पटक पनि हो।

तेस्रो राउण्डमा सिटीले चेल्सीलाई ४-० ले पराजित गर्दै एफए कपको फाइनलमा स्थान बनाएको थियो। त्यस्तै युनाइटेडले भने एफए कपको तेस्रो राउण्मा एभर्टनलाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो। सिटी र युनाइटेड बीचको खेल नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल कुनै पनि नेपाली च्यानलबाट प्रशारण हुने छैन। यधपी खेल भारतीय च्यानल सोनी टेन २ एचडीमा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *