June 16, 2024

एजेन्सी – स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने भएका छन्। रामोस आफैंले पिएसजी छाड्ने घोषणा गरेका हुन्। शुक्रबार मात्रै सामाजिक संजाल मार्फत रामोसले आफ्नो पिएसजी बसाई सकिएको घोषणा गरे।

पिएसजी छाड्ने घोषणा गरेसँगै उनी कता जालान् भन्नेमा धेरैको चासो छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार पिएसजी छाडेपछि रामोस साउदी अरेबिया जाने उच्च सम्भावना रहेका छन्। पिएसजी छाड्ने घोषणा गर्नु अगाडी देखि नै रामोस साउदी क्लबहरुको सम्पर्कमा रहेको बताइन्छ।

स्पेनिस आउटलेट Defensacentral.com को अनुसार अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भित्र्याउने दौडमा रहेको अल हिलाल रामोसलाई पनि भित्र्याउन चाहन्छ। अल हिलालले रामोसलाई वार्षिक ३० मिलियन युरो पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरिसकेको स्पेनिस आउटलेट Defensacentral.com ले जनाएको छ।

रामोसले पिएसजी छाड्ने निर्णय गर्नु अगाडी नै अल हिलालले रामोसलाई प्रस्ताव पठाएको बताइएको छ। रामोसले अल हिलालले गरेको प्रस्ताव जस्तो राम्रो प्रस्ताव अन्यत्रबाट पाउने कमै सम्भावना छ। उता अल हिलालले मेस्सीलाई ५ सय मिलियन युरो पारिश्रमिकको प्रस्ताव गरेको छ।

क्याटलान क्लब बार्सिलोनाले मेस्सी फिर्ता लैजान खोजेपनि सो बाटो कठिन छ। यस्तोमा मेस्सी अल हिलाल जान सक्ने सम्भावना देखिन्छ। पिएसजीमा संगै रहेका मेस्सी र रामोस दुवै अल हिलालमा पनि सँगै हुन सक्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *