June 14, 2024

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको उपाधि जित्न सफल भएको छ। शनिबार राति भएको एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सिटी एफए कप च्याम्पियन बन्न सफल भएको हो।

वेम्बली स्टेडियममा भएको खेलमा युनाइटेड माथि खेलको सुरुवात देखि दबाब बनाएको सिटीले २-१ को गोल अन्तरको जित निकाल्न सफल भएको। सिटीले पहिलो र दोस्रो हाफमा एक-एक गोल गरेको थियो। सिटीका लागि इल्के गुन्डोगनले दुई गोल गरे भने युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले एक गोल गरे। उनले पहिलो हाफमा गोल गरेका थिए।

सिटीले युनाइटेड विरुद्ध खेलभर बलमा राम्रो नियन्त्रण राखेको थियो। बलमा सिटीको ६० प्रतिशत नियन्त्रण थियो। खेलभर सिटीको तर्फबाट कुल ११ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए। युनाइटेडले भने खेलभर कुल १३ प्रहार गरेको थियो। जसमध्ये ३ प्रहार टार्गेटमा थिए।

एफए कप सिटीका लागि सिजनको दोस्रो उपाधि हो। यस भन्दा अगाडी सिटीले आर्सनललाई पछि पार्दै प्रिमियर लिगको उपाधि जितेको थियो। त्यस्तै अब सिटीसँग च्याम्पियन्स लिगको उपाधि पनि जित्ने अवसर छ। सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको सामना गर्दैछ। इन्टरलाई पराजित गरेर च्याम्पियन्स लिग जित्न सकेको खण्डमा सिटीले ट्रेबल पूरा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *