June 17, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासर स्पेनिस डिफेन्डर सर्जियो रामोस भित्र्याउने दौडमा सामेल हुने भएको छ। विभिन्न साउदी मिडियाहरुका अनुसार अल नासर रामोस भित्र्याउने दौडमा सामेल हुने भएको हो।

रामोसले पिएसजी छाड्ने घोषणा गरिसकेका छन्। सन् २०२१ मा पिएसजी आइपुगेका रामोसले हालसालै पिएसजी छाड्ने घोषणा गरेका हुन्। रामोसले पिएसजी छाड्ने घोषणा गरेसंगै साउदीका केहि क्लबहरु रामोसलाई नजिकबाट नियालिरहेका छन् र सो सूचीमा अल नासर पनि छ।

म्याड्रिडसँगको सम्झौताको म्याद सकिएपछि सर्जियो रामोस २०२१ मा पीएसजीमा फ्री एजेन्टको रूपमा सामेल भएका थिए। पहिलो सिजन चोटका लागि खासै राम्रो प्रदर्शन गर्न नसकेपनि दोस्रो सिजनमा भने रामोसले राम्रो प्रदर्शन गरे। उनले सन् २०२२-२३ को सिजनमा कुल ४४ खेल खेले।

रामोसका पूर्व म्याड्रिड टोलीका साथी क्रिस्टियानो रोनाल्डो अल नासरमा छन् र स्पेनियार्डलाई यस कदममा मनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। रोनाल्डो गत जनवरी ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेपनि अल नासर पुगेका हुन्। केहि दिन अगाडी मात्र रोनाल्डोले ठूला स्टारहरुलाई साउदीमा स्वागत रहेको बताएका थिए।

रामोस भित्र्याउने दौडमा अल नासर मात्र छैन। साउदीको अर्को क्लब अल हिलाल पनि रामोस भित्र्याउने दौडमा छ। अल हिलाल रामोसलाई वार्षिक ३० मिलियन युरो पारिश्रमिक दिन तयार रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *