June 25, 2024

एजेन्सी – शनिबार राति अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि अन्तिम खेल खेले। तर अन्तिम खेल उनका लागि खासै सुखद रहेन। न त उनले पिएसजीका लागि गोल गर्न सके, न त कुनै असिस्ट नै प्रदान गर्न सके।

पीएसजीका लागि लियोनेल मेस्सीको विदाई खेलमा पिएसजी क्लर्मन्ट फुटसँग ३-२ ले पराजित भयो। पिएसजी पराजित भएको खेलमा मेस्सीले केहि राम्रा गोल गर्ने अवसर गुमाएका थिए। दोस्रो हाफमा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले उत्कृष्ट पास मिलाइदिएका थिए। तर सो पासलाई गोलमा परिणत गर्न मेस्सी चुकेका थिए।

मेस्सीले गोल मिस गरेपछि पिएसजी समर्थकले मेस्सी विरुद्ध नारा लगाएका थिए। पिएसजीको अन्तिम खेलमा खासै राम्रो खेल्न नसकेपछि सामाजिक संजालमा मेस्सीको ट्रोल गरिएको छ। त्यसमध्ये केहिले ३५ वर्षमै मेस्सी सकिसकेको भनेर टिप्पणी गरेका छन्। एक सामाजिक संजाल प्रयोगकर्ता मेस्सीलाई ट्रोल गर्दै लेख्छन्,”३५ वर्षमै मेस्सी सकिसके। रोनाल्डो भएको भए पक्का गोल गर्थे।”

अर्का एक लेख्छन्,”यहि भएर त पिएसजीले उनलाई राख्न नचाहेको हो।” अर्का लेख्छन्,”मेस्सी पिएसजीका लागि ठीक होइनन् भन्ने यहाँ प्रमाणित हुन्छ। उनलाई बिदा गरेर पिएसजीले राम्रो गर्यो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *