June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर अन्यत्र जाने तय भैसकेको छ। पिएसजीसँगको सम्झौता थप नहुने तय भएसंगै उनले नयाँ गन्तव्य तर्फ लाग्ने योजना बनाएका हुन्। मेस्सीलाई पिएसजीले बिदाई गरिसकेको छ।

आगामी केहि दिन भित्रै मेस्सीले आफ्नो भविष्य बारे निर्णय लिने तयारी गरेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सी आफ्नो भविष्यलाई लिएर सक्दो छिटो निर्णय गर्न चाहन्छन्। मेस्सीले यस साता भित्रै आफ्नो भविष्य बारे निर्णय गरिसक्ने बताइन्छ।

मेस्सीले पिएसजी छाड्ने तय हुनु भन्दा अगाडी उनी बार्सिलोना, अल हिलाल र इन्टर मियामी मात्रको नजरमा थिए। तर पिएसजीले उनलाई बिदाई गरेसंगै उनलाई भित्र्याउने दौडमा अन्य क्लबहरु पनि जोडिएका छन्। मेस्सी फ्री ट्रान्सफरमा उपलब्ध हुने भएसंगै युरोपकै थप क्लबहरु पनि मेस्सी भित्र्याउन इच्छुक देखिएको खेल मिडियाहरु बताउँछन्।

मेस्सी भित्र्याउने दौडमा पछिल्लो पटक सहभागी हुनेमा प्रिमियर लिगका दुई क्लब छन्। प्रिमियर लिग क्लब चेल्सी र न्यूक्यासल ती दुई क्लब हुन्, जो मेस्सी भित्र्याउन इच्छुक देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *