June 25, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई भावुक बिदाई सन्देश पठाएका छन्। नेयमारले सामाजिक संजाल मार्फत मेस्सीलाई भावुक बिदाई सन्देश पठाएका हुन्। नेयमारले सामाजिक संजालमा एक पोस्ट राख्दै मेस्सीसँग पिएसजीमा बिताएका दुई वर्षलाई स्मरण गरेका छन् र जीवनको नयाँ चरणका लागि शुभकामना दिएका छन्।

नेयमारले सामाजिक संजालमा पिएसजीको बसाई योजना अनुसार नगएपनि आफूहरुले सक्दो प्रयास गरेको उल्लेख गरेका छन्। थप दुई वर्ष मेस्सीसँग बिताउन पाउनु आफ्नो लागि आनन्दको कुरा रहेको पनि नेयमारले बताएका छन्।

“दाजु ! यो योजना अनुसार गएन तर हामीले सबै प्रयास गर्यौं। थप दुई वर्ष तपाईंसँग बाँड्न पाउँदा मलाई खुशी लाग्यो। जीवनको नयाँ चरणका लागि म तपाईलाई शुभकामना दिन चाहन्छु। लभ यु मेस्सी !”,नेयमारले सामाजिक संजालमा लेखेका छन्।

बार्सिलोनामा केहि वर्ष संगै खेलिसकेका मेस्सी र नेयमारले सन् २०२१ देखि यस सिजनको अन्त्य सम्म संगै खेले। बार्सिलोनामा संगै च्याम्पियन्स लिग जितेपनि पिएसजीमा रहेर भने दुईले च्याम्पियन्स लिग जित्न सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *