June 22, 2024

एजेन्सी – यति बेला साउदी फुटबल चर्चाको केन्द्रमा छ। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि चर्चामा आएको साउदी फुटबल समर ट्रान्सफर विन्डो नजिकिँदै गर्दा थप लाइमलाइटमा आएको हो। साउदी अरेबियन क्लबहरु यति बेला युरोपका धेरै भन्दा धेरै खेलाडीलाई टार्गेट बनाइरहेका छन्।

साउदी क्लब अल हिलाल अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई भित्र्याउन खोजिरहेको छ। अल हिलाल मेस्सीलाई भित्र्याउन धेरै नजिक रहेको बताइन्छ। अल हिलालले मेस्सीलाई झन्डै ५ सय मिलियन युरो पारिश्रमिक दिन लागेको खबरले ट्रान्सफर बजार तातिएको छ।

त्यस्तै रियल म्याड्रिड छाड्ने निर्णय गरेका करिम बेन्जेमा पनि साउदी जाने बाटोमा छन्। उनलाई साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादले भित्र्याउन खोजिरहेको छ। बेन्जेमा र अल इत्तिहाद बीच यही साता नै सम्झौता हुन सक्छ।

ट्रान्सफर मार्केटका राम्रा जानकार फाब्रिजियो रोमानोका अनुसार यी दुईका अलावा अन्य आठ खेलाडी माथि पनि साउदी क्लबहरुको नजर छ। साउदी क्लबहरुको नजरमा रहेका खेलाडीहरुमा सर्जियो रामोस, जोर्डी अल्बा, सर्जियो बुस्केट्स, एलेक्सिस सान्चेज, डिएगो कोस्टा, पिएरे–एमरिक अउबमेयाङ र एन’गोलो कान्टे रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *