June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बार्सिलोना फिर्तिका लागि ढोका खुलेको छ। लालिगाले बार्सिलोनाको तर्फबाट पेश भएको वित्तीय फेयर प्लेको योजनालाई लालिगाले अनुमोदन गरेसंगै मेस्सीका लागि बार्सिलोना फिर्ता हुने ढोका खुलेको हो।

आर्थिक संकटमा जुधिरहेको बार्सिलोनासँग लालिगाले मेस्सीको आगमनले फेयर प्लेको नियम उल्लङ्घन नहुने स्पष्ट योजना प्रस्तुत गर्न माग गरेको थियो र बार्सिलोनाले पेश गरेको पछिल्लो योजनालाई लालिगाले अनुमोदन गरेको स्पेनिस खेल मिडियाहरुले जनाएका छन्। यससंगै अब मेस्सी बार्सिलोना फिर्ता गर्न बार्सिलोनाले पाउने भएको छ।

लालिगाले बार्सिलोनाको योजना अनुमोदन गरेसंगै मेस्सीका पिता जर्ज मेस्सी र बार्सिलोना अध्यक्ष जोआन लापोर्टा बीच भेटघाट पनि भएको छ। दुई बीच सोमबार भेटघाट भएको छ। खबरका अनुसार दुई बीचको भेटघाट सकारात्मक गएको छ।

भेटघाट पछि मेस्सीका पिताले मेस्सी बार्सिलोना फिर्ता हुने पक्षमा रहेको बताए। साथै उनी पनि मेस्सीलाई बार्सिलोना फिर्ता भएको देख्न चाहिरहेका छन्। भेटघाट पश्चात छोटो कुराकानी गर्दै जर्ज मेस्सीले बताएकी बार्सिलोना फिर्ति मेस्सीका लागि एक निश्चित विकल्प हो।

“लियो बार्सिलोना फर्कन चाहन्छन् र म पनि उनी बार्सिलोना फर्किएको हेर्न चाहन्छु। म भन्न सक्छु कि हामी बार्सिलोना ट्रान्सफर एक निश्चित विकल्प हो भन्नेमा विश्वस्त छौँ। शिघ्र भविष्य बारे थाहा हुनेछ।”,जर्ज मेस्सीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *