June 17, 2024

एजेन्सी – साउदी क्लब अल इत्तिहादले रियल म्याड्रिड लेजेण्ड करिम बेन्जेमालाई भित्र्याउन चाहेको कुरा नौलो रहेन। बेन्जेमा रियलबाट बिदा भएसँगै अल इत्तिहादले उनलाई भित्र्याउन खोजेको खबर हकिकतमा बदलिने तर्फ अगाडी बढेको छ।

बेन्जेमाले रियल छाड्ने घोषणा गर्नु भन्दा अगाडी नै अल इत्तिहादले बेन्जेमालाई उच्च पारिश्रमिक सहितको प्रस्ताव पठाएको खबर आएको थियो। विभिन्न खेल मिडियाहरुका अनुसार अल इत्तिहाद र बेन्जेमा बीच यसै साता सम्झौता हुन सक्छ।

फ्रन्ट अफिस स्पोर्ट्सका अनुसार बालोन डी’ओर होल्डर बेन्जेमाले अल-इतिहादसँग ६४३ मिलियन डलरको तीन वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। अल इत्तिहादले बेन्जेमा मात्र नभई उनका एक पूर्व सहकर्मीलाई पनि भित्र्याउने योजना बनाएको छ।

क्याडेना एसईआर पत्रकार जेभियर हेरेजका अनुसार, साउदी प्रो लिग विजेता अल-इतिहादले बेन्जेमा मात्र नभई रियल म्याड्रिड लेजेण्ड सर्जियो रामोसलाई पनि भित्र्याउने योजना बनाएको हो। यो दावी गरिएको छ कि जुनको अन्त्यमा पेरिस सेन्ट-जर्मेन (PSG) लाई फ्री एजेन्टको रूपमा छोड्ने तयारीमा रहेका रामोस पनि अल-इतिहादको रडारमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *